कविता: डर

कवि : विनायक पन्त

तिमी सहरमा बस्ने
झरीमा रुझ्न मन पराउँछ्यौ
म पाखामा बस्ने
त्यो नाथे थोपासँग पनि डराउँछु,

तिमीलाई के थाह
हामी भिरमा बाँच्नेहरूलाई त
आकाश गर्जंदा पनि
पहिरोको डर लाग्ने गर्छ।