पृथ्वी सुब्बा गुरुङलाई समर्थन नरहेको जसपाको स्पष्टोक्ति ( विज्ञप्तिसहित् )

17

जनता समाजवादी पार्टी (जसपा)ले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङलाई समर्थन रहेको पत्र प्रदेश प्रमुखलाई लेखेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीको साधारण सदस्यसमेत नरहेका अनिल परियारले प्रदेश प्रमुखलाई पार्टीको समर्थन गुरुङलाई रहेको पत्र लेखेका थिए ।

अनिल परियार भन्ने व्यक्ति पार्टीको साधारण सदस्यसमेत नरहेको र गण्डकी प्रदेशको समितिको अध्यक्ष मोति रिजाल रहेको प्रष्ट पार्दै अनधिकृत काम नगर्न जसपाले सचेत गराउँदै चेतावनी दिएको छ । भविष्यमा फर्जी र जालसाजी कार्य गरेको पाइएमा कानुनबमोजिम सजायको भागीदार हुनुपर्ने चेतावनी पार्टीले दिएका छन् ।

Facebook Comments Box