ओली भाइरस पोखरामा पनि सल्केको देखियो : बाबुराम भट्टराई

२०७८ जेष्ठ २९, शनिबार १६:३७

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुन: आफ्नो दावेदारी पेश गरेकोमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले स-शक्ता प्रतिवाद गर्नुपर्ने बताएका छन्।

उनले ट्वितमा लेखेका छन्, ‘ओली भाइरस पोखरामा पनि सल्केको देखियो है। यो महामारीले देशको संविधान र लोकतन्त्रलाई सिध्याउने भयो।’ उनले ओलीबाट मुक्त गर्न सबैलाई आवाहन गर्दै लेखेका छन्,’ओली भाइरसबारे कुनै भ्रममा नपरौं। सबैले सबैतिरबाट सशक्त प्रतिवाद गरौं।ओली भाइरसलाई सदाकोनिम्ति अन्त्य गरौं! संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरौं!’

प्रधानमन्त्री केपी शर्मा ओलीको पदचाप पछ्याउँदै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पुन: आफ्नो दावेदारी पेश गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले गुरुङलाई समर्थन गरेको पत्रसहित उनले आफ्नो दावेदारी पेश गरेका हुन्।

135 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal