कविता : देश बेचिएको रात

कवि : सुमन घिमिरे अग्रिम

85

कविता: देश बेचिएको रात

-सुमन घिमिरे अग्रिम

देश बेचिएको रात –
अबेरसम्म निदाएनन् बाका
दुईअोटा आँखा !

सायद,
मुलुक उडेकै रात हुनुपर्छ –
रातभरि चर्किरहे आमाका
स्तनहरू !

पक्कै जङ्गलमा बन्दुक
पड्किएकै दिनदेखि होला-
छोडे चराहरू गुँड फर्किन !

पल्लाघरे ठाइँला भन्दै थिए –
देश बेचिएको रात हुन्छ –
यस्तै यस्तै ।

Facebook Comments Box