वैधले मागे माफी ( प्रेस विज्ञप्तिसहित् )

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैधले आफ्नो अभिव्यक्तिप्रति आत्मा आलोचना माग्दै माफी मागेका छन् । प्रधानमन्त्रीको क्रियाकलापबाट दिक्क भएर यस्तो बोलेको बताए ।

वैधले प्रधानमन्त्रीले देश सिध्याउन लागेकालेले कोहि न कोहि नाथुराम गोड्से बन्नुपर्ने नभए आफु तयार रहेको भन्ने अभिव्यक्ति दिएका थिए । उनले  संसदको रेकर्डबाट यो अभिव्यक्ति हटाइदिन आग्रह पनि गरेका छन् ।

नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

Image