ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण

128

ज्ञानेन्द्र शाहीको समूह’माथि सुर्खेतमा आक्रमण भएको छ । जिल्ला’को वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।

जिल्ला प्रहरी कार्याल’य सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रण’मा लिएको जनाएको छ ।

सुर्खेतका प्रहरी प्रमुख राजेन्द्र भट्टले शाहीको समूह र स्थानी’यबीच झडप भएको बताए । एसपी भट्टले भने, ‘यो आक्रमण भन्दा पनि दुई समूहबीच झडप भएको हो । प्रहरी टोली घटना’स्थलमा पुगेर उद्धार गरेको छ ।’ उनले आक्रम’णबाट घाइते भएकाहरुको अवस्था सामान्य रहेको पनि बताए ।

सामाजिक सन्जा’लमा पोष्ट भएको एक भिडियोमा शाहीले रुँदै घाइते एक युवक’लाई अँगालो हालेको देखिन्छ । टाउकोको पछा’डिको भागबाट रगत बगि’रहेको देखिने ती युवकको प्राथमिक उप’चार पनि गरेको देखिन्छ ।

शाहीले सा’माजिक सन्जालमा आफू’सहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बज’गाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

निषेधा’ज्ञाको समयमा समस्यामा परेकाहरुलाई सह’योग गर्न भन्दै शाहीसहितको समूह देशका बिभिन्न जिल्ला’मा पुग्दै आएको छ ।

Facebook Comments Box