नागरिक अगुवाहरू प्रहरी नियन्त्रणमा

नागरिक समाजको अगुवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्वोच्च अदालतको समेत निर्णय विपरीत सरकारले मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको भन्दै नागरिक अगुवाहरुले विरोध गर्दै आएका छन् ।

चिकित्सा शिक्षा आयोगमाथि भएको राजनीतिक हस्तक्षेविरुद्ध नागरिक समाज विरोधमा उत्रिएको हो ।निजी अस्पताल र स्वास्थ्य सेवामा भइरहेको व्यापारीकरणविरुद्ध नागरिक समाजका अगुवाहरू आन्दोलनमा उत्रेका हुन् । उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन, सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रहरीले नागरिक अगुवाहरू खगेन्द्र संग्रौला, नारायण वाग्ले, संजीव उप्रेती लगायतलाई नियन्त्रणमा लिएको छ ।