आजै नयाँ मन्त्रीको शपथ (मन्त्रीको नामावलीसहित)

25

आज बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् ।आफैसँग ७ वटा मन्त्रालय राखेका प्रधनामन्त्रीले २५ सदस्यीय मन्त्रिपरिषद पुनर्गठन गरेर पूर्णता दिन लागेका हुन्।

प्रधानमन्त्रीले कास्कीका खगराज अधिकारीलाई गृहमन्त्री, पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापालाई सञ्चारमन्त्री,  कैलालीका नारदमुनि रानालाई वनमन्त्री, मोहन बानियाँलाई  विनाविभगीय, ज्वाला कुमारी साहलाई कृषि मन्त्री, राजकिशोर यादवलाई उद्योग मन्त्री, गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्री र आशा विकलाई वन राज्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

उनीहरुले आजै बेलुका शपथ लिने तयारी भएको बताइएको छ ।

Facebook Comments Box