पालैपालो मन्त्री हुने श्रीमान् – श्रीमतीहरू

73

गृहमन्त्रीबाट हटाइएका रामबहादुर थापा श्रीमतीलाई मन्त्री बनाउन सफल भएका हुन् । प्रधानमन्त्री के पी ओलीलाई साथ दिइरहेकाले उनले उपहारस्वरूप श्रीमती नैनकला थापालाई मन्त्री पद दिलाउन सफल भएका हुन् सफल भएका छन् ।

माओवादी केन्द्र छोडेपछि सर्वोच्च अदालतको आदेशमा थापाले मन्त्री पद गुमाएका हुन् । बालुवाटार स्रोतको अनुसार प्रधानमन्त्री ओलीले नैनकलालाई सञ्चारमन्त्री बनाउन लागेका छन् ।

सरकार जोगाउन जस्तो कदम पनि चालिरहेका प्रधानमन्त्री ओलीले यसअघि रघुवीर महासेठको श्रीमती जुली महतोलाई मन्त्री बनेका हुन् ।

यस्तै स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ संघमा मन्त्री छन् भने प्रदेश १ मा उनकी पत्नी उषाकला राई मन्त्री रहेकी छिन् ।