पदमुक्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको हुनाले अन्तरिम आदेश जारी हुनुपर्छ : वरिष्ठ अधिवक्ता शम्भु थापा

२०७८ जेष्ठ २६, बुधबार १३:२७

वरिष्ठ शम्भु थापाले प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुपर्ने जिकिर गरेका छन्

प्रतिनिधि सभा विघटनसम्वन्धी रिट निवेदनको पक्षमा वहस गर्दै उनले भने , ‘ पदमुक्त भएको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको हुनाले अन्तरिम आदेश जारी हुनुपर्छ ।’ उनले भने विश्वासको मत पुगे / नपुगेको हेर्ने भनेको प्रतिनिधि सभा हो , राष्ट्रपतिले हचुवाको भरमा विश्वसको मत पुगेको / नपुगेको भन्न नमिल्ने जिकिर गरे  । ‘प्रधानमन्त्री विश्वासको मत लिन संसदमै नजाने अनि मसँग विश्वासको मत छ भनेर राष्टपतिकहाँ जानुहुन्छ ? विश्वासको मत पाउने आधार राष्ट्रपतिकहाँ हुन्छ कि आइसीसी हलमा हुन्छ ?’ उनले प्रश्न गरे ।

113 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal