फ्रान्सका राष्ट्रपतिलाई हाने थप्पड

२०७८ जेष्ठ २५, मंगलवार २१:५४

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनलाई एक व्यक्तिले सार्वजनिक स्थानमा थप्पड हानेका छन् ।

देशको दक्षिण-पूर्वी क्षेत्रको औपचारिक भ्रमणको क्रममा हरियो टिसर्ट लगाएको व्यक्तिले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सो भिडियोमा उनी हिँडिरहेको समयमा थप्पड हानेको देखिन्छ । घटनापछि दुई जनालाई नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । सो व्यक्तिले म्याक्रोनवाद मुर्दावाद भनी नारा लगाएका थिए ।

105 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal