गृष्म गिरीको वृतचित्र ‘ Blue of Pink ‘ ले जिते ‘ The Best Overall Production Award ‘

187

आयरल्याण्डमा यसैसाता आयोजित फिल्म फेस्टिभल Queer Vision Award को ‘ The Best Overall Production Award ‘ गृष्म गिरीले हात पारेका छन् ।  उनले बनाएको बृत्तचित्र ‘ Blue of Pink ‘ ले यो अवार्ड जित्न सफल भएको हो । 

बृत्तचित्र ‘ Blue of Pink ‘  ले गुमनाम जीवन र चरित्रको कथालाई गहनरुपमा प्रस्तुत गरेको छ ।  ‘ काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिवल ‘ र ‘ नेपाल ह्युमन राइट्स अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ र यसअघि नै प्रस्तुत गरिएको यो डकुमेन्टरी फिल्मले नेपालमा अझै पनि वर्जित रहेका विषयवस्तुलाई जीवन्त तरिकाले प्रस्तुत गरेको छ । 

अवार्ड घोषणा लगतै उनले खुशी व्यक्त गरेका छन्  ।  अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा  नेपाली समुदायले पाएको एउटा गर्विलो पहिचान हो भन्दै उनले फेसबुकमा स्टाटस् लेखेका छन् ।