सुदूरपश्चिममा ओली पक्षलाई अर्को धक्का : त्रिलोचन भट्टले पाए विश्वासको मत

20

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । मंगलबार भएको मतदानमा भट्टले बहुमत सांसदको समर्थन पाएका हुन् ।

मुख्यमन्त्री भट्टलाई माओवादी र एमाले माधवकुमार नेपाल पक्षले विश्वासको मत दिएका हुन्। मतदानमा भट्टको प्रस्तावको पक्षमा ३० मत , विपक्षमा ९ मत परेको थियो । १२ जना भने मतदानमा सहभागी जनाएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफ्ना पक्षका प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्देशन दिएका थिए ।

प्रदेशसभामा ५२ सदस्य रहेका छन् । सभामुखसहित नेकपा ( एमालेका ) २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य छन् । एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना छन् ।