पार्टी अध्यक्ष के पि ओलीको एकता आव्हानको प्रतिउत्तरमा नेपालपक्षको वक्तव्य ( प्रेस वक्तव्यसहित )

२०७८ जेष्ठ २४, सोमबार २२:०८

नेकपा एमाले माधव नेपाल – झलनाथ खनालपक्षले पार्टी अध्यक्ष के पी ओलीपक्षको ‘ एकता आव्हान ‘ को प्रतिउत्तरमा प्रेस वक्तव्य जारी गरेका छन् ।

वक्तव्यले ओलीको एकता आव्हानलाई जालझेलकै शृंखलाको संज्ञा दिँदै स्पष्ट पारेको छ । वक्तव्यमा  स्पष्टसँग भनिएको छ ” के पी ओलीले एकता चाहेको भए गत चैत २ गते र त्यसपछि अनेक पटक नेकपा ( एमाले ) एकतालाई कायम गर्न गत फाल्गुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा   ( एमाले ) पुनर्जीवित भएकोले पार्टीलाई समग्ररुपमा नेकपा ( माओवादी केन्द्र ) सँग एकीकरण हुनु अघि २०७५, जेठ २ को अवस्थामा क्रियाशील बनाऔँ भनि अगाडि सारेको उचित प्रस्ताव उँहाबाट अस्वीकृत हुने थिएन । ” ओलीपक्षको एकता आव्हानमा प्रयोग गरिएको भाषा र बूँदाहरू जालझेल, भ्रम र अन्यौलको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिन्छ भनि उल्लेख गरिएको छ।

ओली पक्षको एकता आव्हानको प्रत्येक बूँदामा टिप्पणी गर्दै यस्तो षड्यन्त्रमा विश्वास नगर्न पार्टी कार्यकर्तालाई अनुरोध पनि गरेको छ । वक्तव्यमा भनिएको छ ” पार्टी विधानअनुरुप पार्टीलाई एकताबद्ध बनाउँने वहाँको सोच नै नरहेकोले देखिएकोले अध्यक्ष के पी ओलीको वक्तव्यको भ्रममा नपरी सशक्तरुपमा पार्टीको समग्र एकता , संगठन निर्माण र संचालनको मार्गमा अघि बढ्न हामी पार्टीका सम्पूर्ण इमान्दार नेता, कार्यकर्ता , सदस्य र शुभेच्छुकहरूमा हार्दिक आव्हान गर्दछौँ . ”

वक्तव्यले अझै पनि गलत बाटो त्यागी आफूहरूले लिखितरुपमा अघि सारेका मुद्दाहरूको विश्वसनीयरुपमा सम्बोधन गर्दै इमान्दारीका साथ वार्ता र सहमतिको बाटो अवलम्बन गरिए मात्र सकारात्मक परिणाम आउन सक्ने तर्फ ध्यानाकर्षण पनि गराएका छन् ।

May be an image of text

 

May be an image of text

 

May be an image of text

May be an image of text

 

 

 

May be an image of text that says "गनें दृष्टिकोण राखेका छौं अत: छलछाम पडयन्वपूर्ण किसिमले कुरा गरेर राष्ट्र जनता तथा पार्टीपंक्तिको भावना अनुरुप पार्टीमा एकता कायम नहुने कुरा स्पप्ट हुंदाहुदै पार्टी अध्यक्ष देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिवाट अनुचित मार्ग शैली अवलम्बन गरिनु दुःख चिन्ताको विपय हो यस्तो गलत वाटो परित्याग गरी हामीले यस अघि लिखितरुपमा अगाडि सारेका कुराहरुको विश्वसनीय रुपमा सम्बोधन गर्दै इमानदारीका साथ वार्ता सहमतिको वाटो अवलम्बन गरिए मात्र सकारात्मक परिणाम आउन सक्ने तर्फ गम्भीर घ्यानाकर्पण गर्ददी (२०७૬ साल जेठ ४ गते सम्पन्न नेकपा एमाले), स्थायी कमिटीका पदाधिकारी तथा सदस्यहरुको 1 बैठकको निर्णय बमोजिम जारी वक्तव्य) माघडक्त ***"

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

123 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal