आत्मसमर्पणको आरोप लगाउने ‘सुकुलगुण्डा ‘ प्रवृति हो : घनश्याम भुसाल

38

यूवा पुस्तालाई ढुलमुले र आत्मसमर्पणको आरोप लागिरहँदा एमालेमा बौद्धिक नेताको पहिचान बनाएका घनश्याम भूसालले ‘ सुकुलगुण्डा ‘ प्रवृतिको संज्ञा दिएका छन ।

उनले फेसबुक स्टाटसमा, ” फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ । हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।” उनले लेखेका छन् ।

उनले पञ्चायत कालको राजनीति स्मरण गर्दै अहिले पञ्चायतकलामा विकृत फैलाउँने मण्डले समूहजस्तै  कुनै  त्यस्तै समूह त खडा भएको छैन भन्दै प्रश्न गरेका छन् ।

Facebook Comments Box