यौन पेशा अंगाल्न लाइसेन्सको माग

10

जीविकोपार्जन गर्न गार्हो भएको भन्दै बादी महिलाहरूले कानुनीरुपमा यौन पेशा अंगाल्न लाइसेन्सको माग गर्दै सुदूरपश्चिमका  मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष मागपत्र पेश गरेका छन् ।

सुदूरपश्चिमका बिभिन्न जिल्लाहरूमा बसोवास गर्ने वादी समुदायको जीवन कष्टकर छ । उनीहरूको आर्थिक अवस्था यति कमजोर छ कि अनैतिकरुपमै भए पनि धेरैजसोले यौन पेशा नै अंगालेको देखिन्छ। लाइसेन्स भयो भने सहजरुपमा यौन पेशामा लाग्न सकिने उनीहरुको बुझाई छ ।

उनीहरूले यो मागसँगै निशुल्क शिक्षा, पौष्टिक आवश्यकता, समावेशिताका मुद्दा पनि मागपत्रमा उल्लेख गरेका छन् ।

उनीहरूले सरकारले सुनुवाई नगरेमा सडकमा उत्रिन सक्ने चेतावनी समेत  दिइन् ।