अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने पक्षमा छैनौँ : माधव नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री के पी शर्मा ओलीले एकताको लागि गरेको आव्हान सन्दर्भ र यसबारे नेपालपक्षको अधिकारिक धारणा बुझ्न दाहालले भेटवार्ता गरेका हुन् ।

जवाफमा नेपालले भने ‘ हामीले संविधान र संसद दुवैको रक्षाका लागि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका हौं । हाम्रो यो कदम नैतिकतासँग पनि जोडिएकाले फिर्ता लिने पक्षमा छैनौँ ।’