अध्यक्ष के पी ओलीको एकता आव्हान् मिडिया कन्जम्सनको लागि मात्र हो : राम कुमारी झाक्री

२०७८ जेष्ठ २३, आईतवार २३:३१

नेकपा एमाले नेतृ राम कुमारी झाक्रीले पार्टी अध्यक्ष के पी ओलीको एकता आव्हानलाई कपट, जालझेल र मिडिया कन्जम्सनको लागि हो भनेकी छिन् ।

उनले फेसबुकमा स्टाटस् लेख्दै, ‘ यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बीचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउँथ्यो ।” भनेकी छिन् । ” अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ । यो कसले फिर्ता लिने ? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र ? ” भनि टिप्पणी गरेकी छिन् ।

उनले वक्तव्यलाई पार्टी एकता हुन नदिने डिजाईनको संज्ञा दिँदै भ्रममा नपर्न नेतृत्वलाई आग्रह गरेकी छिन् ।

118 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal