नेकपा एमाले अध्यक्ष के पी ओलीको प्रस्तावसहितको एकता आव्हान्

नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री के पी ओलीले प्रस्तावसहित एकताको आव्हान गरेका छन् ।

आफुले एकताको लागि अथक प्रयास गर्दा पनि परिस्थिति उल्टो भइरहेको उल्लेख गरेका छन् ।  राष्ट्र , जनता र आन्दोलनको हितलाई केन्द्र विन्दुमा राखेर असल मनसायले अगाडि बढ्ने हो भने हामीबीचका समस्याहरू समाधान हुन नसक्ने  कुनै कारण नभएको प्रष्ट पारेका छन् ।

आजै आइतवार माधव – झलनाथपक्षको स्थायी कमिटीको बैठकले वार्ताको भ्रममा नपर्न नेकपाका कार्यकर्तालाई सचेत गराएको विज्ञप्ती जारी गरेको थियो । विज्ञप्तिमा वार्ता जालझेल हो भनेर उल्लेख गरेका छन् ।

May be an image of text