नेपाली राजनीति र छताछुल्ल हामी

२०७८ जेष्ठ २३, आईतवार १८:५६

चुनावी शिलशिलामा मान्य नेताहरूज्यू भोट माग्दै माग्दै गाउँ गाउँ टोल टोल हिड्न थाल्नुभएछ । उहाका कार्यकर्ताहरू अघि-अघि पछि-पछि, यो गर्छौं त्यो गर्छौं, हामीलाई भोट दिएर जिताउनुस, सबैको दुख को निवारण गर्छौ भन्दै नारा लाउदै घर घर हिड्दै रहेछ्न ।

त्यसैमध्येका एकजना नेता पनि आफ्ना कार्यकर्ताहरुका जत्थाकासाथ जनताकै उत्थानका लागि देशैको लागि मैले जेल नेल खाएर गरीब दुखी असहायहरुको लडिरहेको छु कृपया हाम्रो पार्टीलाई यानेकि मलाई भोट दिएर जिताउनुस भन्दै घर घर दैलो दैलो हिडिरहेका रहेछ्न । कहीं कतै गरीबका झुपडीमा गएर केही किनेर खानुस भन्दै १०००/२००० बाडेर कहीं कतै चिउरा कम्बल बाडेर भोट चै मलाई नै हाल्नुस है भनी गरीबका दुखमा मलमपट्टि लाउदै हिडिरहेका रहेछ्न ।

त्यसै शिलशिलामा जाँदै गर्दा एक जना वृद्धको दैलोमा पुगेछ्न्, अनि १००० को नोट दिदै दबाइ पानी गर्नुस आफ्नो ख्याल गर्नुस भन्दै मीठो आवजमा भोट चै मलाई नै है बा भनेर भनेछ्न दुई हात जोडेर । कान नसुन्ने बुडा बाले पैसा मात्रै देखेछ्न बोलेको केही सुनेनछन् ।

“के रे बाबू?” अलि जोडले कराएपछि “भोट चैं मलाई दिनुस है बा, अनि यो पैसा औषधी मुलोको लागि राख्नुस्,” भनेछन ।

“म बुढो हिड्न सक्दिन, मेरा गोडाहरू शिथिल भैसकेका छ्न, मेरा शक्ति र सामर्थ्य निरीह भएका छ्न् । त्यसैले बाबु यो पैसाको सट्टा मलाई एउटा गधा किनिदिनुस चाइञ्जो भोट हजुरलाई नै पक्का,” भनेछ्न । नेताका भक्तहरू आदेश अनुसार गधा खोज्न हिडेछ्न । सस्तो मर्नै लागेको गधा पनि १०/१५ हजारभन्दा तल नभेटेको व्यहोरा जानकारी पाए पछि नेताले ती वृद्ध बालाई पैसा हातमा थमाउदै गधा २०/३० हजार पर्ने र खोज्न पनि गारो हुने भएकाले बरु दुई हजार राख्नुस भन्ने आशय व्यक्त गरेछन ।

वृद्ध बाले भावुक हुँदै भनेछ्न् “बाबू मलाई यहाभन्दा अरु लज्जित न बनाइदिनुस । मर्ने बेला भो । डुब्नै लागेको घाम हुँ । त्यही पनि मेरो एक भोटले निक्कै महत्त्व राख्ने रहेछ । तर बाबू मेरो मूल्य त एउटा मर्नै लागेको गधाकोभन्दा कम भएन र ? जाबो अज्ञानी जनावर त तपाईंले भने अनुसार २०/३० हजारभन्दा तलको बिक्दैन भने म त चेतनायुक्त्त मानिस हुँ । म कसरी हजार र दुई हजारमा बिकौं ?”

हेर्नुस् त, आज हामी ठ्याक्कै यही अवस्थाबाट गुज्रिरहेका छौ । यहाँ गधालाई मात्र एउटा आवश्यकता को प्रतिनिधि दर्शाइएको हो । जब कुनै पनि नेताहरू हामी जनताका आवश्यकताहरू पूरा गर्न असमर्थ हुन्छ्न, सुशासन र प्रगतिपथलाई अङ्गाल्न सक्दैनन, आफ्नै नीजि स्वार्थको निम्ति गुट भ्रष्टाचार र अराजकता सिर्जना गरी राष्ट्रियतालाई नै धमिल्याउने प्रवृत्तिमा पार्टीको झण्डाका निमित्त राष्ट्रिय झण्डामा धावा बोल्छ्न भने के अब पनि तिनै उत्तराधिकारीकै पछि लागि आफ्नो भाग्य र कर्मलाई बालुवामा पानी हाले झै गर्ने त ?

समय र परिस्थितिले जुराएको साइत यही हो आउनुस मिलेर दोषीलाई कडा दण्ड दिऊँ ।

समयलाई चिनौं, भावनामा बहकिएर क्षणिक फाइदालाई हेरी आफू बाँचेको युगलाई ढुङ्गे युगतिर नधकेलौं । परिवर्तन समयको माग हो । त्यही समयमा सवार आम मानिसको चाहना पनि सकारात्मक परिवर्तन नै हो त्यसैले सही समयमा सही मानिसको मूल्याङ्कन गरौ ताकी आजको निर्णयले हिजोको जसरी नै भोलि पनि हामी र हाम्रा पिढी पछुताउनु नपरोस ।

आम नेपालीहरूप्रति मेरो सानो अनुरोध – जथाभावी जहातही सुझबुझ बेगर अर्काको पछि लागेर हुलमुलमा न कुदौ बुझेर पाइला चालौ । शिक्षित वर्ग आफ्नो काम कर्तव्यबोधबाट बिचलित नहोस । आफूले गरेका कामले अरुमा केही गर्ने सकारात्मक उर्जा र प्रेरणा मिलोस । त्यसैले आउनुस स्वच्छ दोष रहित सकारात्मक समाजको निर्माणमा हातेमालो गरौ ।

325 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal