जोर्डनविरुद्ध एक मात्र लक्ष्य, त्यो जित नै हो : अलमुताइरी

10

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत जोर्डन विरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

उनले भने ,‘जोर्डन निकै बलियो रहेको र नेपालको कुनै सम्भावना नरहेको भन्ने देखेको छु । तर फुटबलमा त्यसो हुँदैन । हामीले नर्थ मेसेडोनियाले जर्मनीलाई पराजित गरेको देखेका छौं,’ उनले भने, ‘जोर्डन बलियो टोली हो । दुवै टोलीका लागि खेल गोलरहित बराबरीमा सुरु हुने हो । हामी एक मात्र लक्ष्यका साथ खेल्नेछौं र त्यो जित नै हो ।’