न्यायालय राजतन्त्र र पञ्चायतकालभन्दा पनि कमजोर : वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई

२०७८ जेष्ठ २३, आईतवार १६:४२

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले न्यायालय राजतन्त्र र पञ्चायतकालभन्दा पनि कमजोर भएको टिप्पणी गरे ।

उनले भने ‘ राजतन्त्र र पञ्चायतले लिन नसकेको हुर्मत गणतन्त्रमा न्यायालयमा हुन्छ भने कसरी यो टुलुटुलु हेरेर बस्न सकिन्छ ? ‘ राजतन्त्र र पञ्चायतमा समेत कमजोर नभएको न्यायालय अहिले गणतन्त्रमा कमजोर हुँदा मलाई लाज लागिरहेको छ । ‘

उनले कार्यपालिकामाथि प्रश्न गर्दै भने ‘ हुँदै नभएका विषयमा आज सरकारी पक्ष बोल्यो । निवेदक बोल्न नपाउँदै विपक्षी कसरी बोल्यो ।’

उनले लोकतन्त्रको रक्षार्थ जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताए ।

 

182 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal