व्यवसाय सुरु गर्नु अघि ख्याल गर्नुपर्ने कुराहरु

699

औसतमा दैनिक दुई सय कम्पनी दर्ता हुन्छन्। तर जति कम्पनी दर्ता भएका छन्, सबै सञ्चालनमा छैनन् । संचालन हुन नसक्ने कारण भनेको व्यवस्थापन फितलो र उचित जनसक्ती नहुनु हो ।  कसरी उचित व्यवस्थापन गरि संचालन गर्न सकिन्छ त ।

व्यवसायिकको लागि योजना बनाउदा यी कुराहरु ख्याल गर्नु पर्नेकुराहरु:

 

  •  तपाईंको व्यवसायको बारेमा सम्पूर्ण जानकारीहरु छोटोमा स्पष्ट पार्नुहोस्।व्यवसायको परिचय जस्तै व्यवसायको नाम, व्यवसायको उदेश्य , ठेगाना, फोन नम्बर ।

 

  •  आफुले गर्न चाहेको व्यबसाय ले बजारमा कतिको स्थान पाउन सक्छ भन्ने बूज्नु पर्छ । बजारमा सबैले आफ्नु आफ्नु स्थान सुनुस्चित गरिसकेका हुन्छन र नयाँ उद्यमीले अहिले बजारमा भएको भन्दा नयाँ अथवा प्रस्तिपर्दी भन्दा राम्रो सेवा दिन सक्नुपर्छ ।

 

  • एउटा भनाइ छ ” तपाईले मौरीको संगत गर्नुभयो भने तपाई फूलबारीमा पुग्नुहुन्छ र यदि तपाईले झिंगाको संगत गर्नुभयो भने फोहोर मा पुग्नुहुन्छ” , त्यस्तै तपाईले जस्तो टिम बनाउनुहुन्छ त्यस्तै  सफलता पाहुनुहुन्छ । त्यसैले आफ्नु व्यबसायको लागि टिम बनाउदा सक्ष्यम व्यस्तीलाई छान्नुहोला ।

 

  • व्यवसाय सञ्चालन गर्नको लागि कस्तो घर जग्गा, मेशिन औजार, फर्निचर तथा सवारीसाधन आवश्यक पर्दछ कुन क्षमता वा कति साइजको कतिवटा चाहिन्छ तिनीहरूको मूल्य कति पर्छ, जडान खर्च कति लाग्छ र  व्यवसाय संचालन गर्दा कुन सिप/ज्ञान क्षमता भएका कति कामदार चाहिन्छ र तिनीहरुलाई कति तलब/सुबिधा चाहिन्छ अनुमान गर्नुपर्छ ।

 

  • व्यबसाय सुरुवात त गरियो अब आफ्नु व्यबसाय कसरी संचालन गर्ने भन्ने रणनीति बनाउनु पर्छ । रणनीति बनाउदा पहिले आफ्नु प्रतिस्पर्धा को को छन्, मार्केटमा उनीहरुको पक्कर कति छ बुज्नुपर्छ ।सबै टिम संगै बसि रणनीति बनाउनु पर्छ जसले गर्दा सबैले आफ्नु विचार राख्न पाऊछन्।

 

  • अर्को महत्वपूर्ण कुरा भनेको खर्च हो । हामीहरु सुरुमा आवश्यक भन्दा बादी खर्च अफिस डेकोरेसनमा लगाउछौ जसले गर्दा सुरुमै खर्च धेरै हुन्छ र पछि चाहिएको बेला अबाब पर्न सक्छ।त्यसैले खर्च पर्याप्त छ भन्दैमा जताततै खर्च गर्दा व्यबसाय झन् धरासायी बन्न सक्छ र सधै सानु बाट सुरुवात गरि ठुलो बनाउने तर्फा लाग्नुपर्छ ।

 

  • बैंकबाट ऋण लिनको लागि व्यवसायिक योजना बनाउँदै हुनुहुन्छ भने तपाईंको  व्यवसायको खर्च धेरै देखियो भने ऋण नदिने सम्भावना हुन्छ । त्यसैले खर्च राख्दा सकेसम्म गुणस्तरमा कमी आउन नदिकन कम खर्च गरि काम सम्पन्न गर्ने प्रयास गर्नु पर्छ । समय- समयमा विभिन्न संघ-संस्थाहरुले व्यवसायिक योजना बनाउने सम्बन्धि तालिमहरु पनि दिईरहेकाहुन्छन्, त्यहा गएर पनि तालिम लिई आफै बनाउन सकिन्छ ।

 

Facebook Comments Box