इट्स माइ सोङ्ग – लकडाउन म्यूजिक कम्पिटिसन -२०७८

66

लकडाउनलाई सार्थक र संगीतमय बनाउँन तथा युवा पुस्ताका संगीतकर्मीलाई प्रोत्साहनस्वरूप गायक तथा संगीतकार तुलाधर दर्नालले भर्चुअलरुपमै ” इट्स माइ सोङ्ग – लकडाउन म्यूजिक कम्पिटिसन -२०७८ ” लिएर आएका छन् । गीतकार उपेन्द्र अधिकारी र चोइटिएको सागरसँगको सहकार्यमा यो कार्यक्रम ल्याइएको हो। कार्यक्रम तुलाधर दर्नाल अफिसियल पेजबाट लाईभ स्ट्रिम भइरहेको छ ।

कार्यकमलाई निष्पक्ष बनाउँन निर्णायकको भूमिकामा गायक तथा गिटारिस्ट राजकुमार समाल, संगीतकार तथा संगीत संयोजक एन. बि. चाम्लिङ् , र गायक तथा संगीतकार तुलाधर दर्नाल रहेका छन् । निर्णयमा भने फेसबुक कमेन्टलाई पनि आधार मानिनेछ ।

जेष्ठ १२, २०७८ मा नेपालको विभिन्न ठाउँबाट ३१ जनाको सहभागितामा भर्चुअल अडिसनबाट शुरु भएको यो कार्यक्रम अहिले टप १४ मा आइपुगेको छ । ”कार्यक्रमलाई छिटो टुंग्याउने भनि टप -१० मा झार्ने विचार थियो तर प्रतियोगीहरूको उत्साहपूर्ण सहभागिताले टप -१४ गर्नुपर्ने भयो । ” संचालक दर्नालले उत्साहित हुँदै बताए .

टप – १४ मा रोशन सुन्दास, अमन मिँया, मनु दाहाल, दिपेश मोक्तान, उषा दाहाल, अमृता रेग्मी, सीमा घिमिरे, देवेन्द्र बासकोटा, राज कुमार सासंकर , विनय पन्त, भूपेन्द्र कटुवाल, बुद्ध मुर्मु , आयुष भट्टराई र आशिष रनपाल पर्न सफल भएका छन् .

प्रथम हुनेलाई उपेन्द्र अधिकारीको शब्द रचनाको एउटा गीत, द्वितीयलाई चोइटिएको सागरको शब्द रचनाको एउटा गीत र तृतीयलाई कभर गीत वा अनप्लगड भर्सनको एउटा नयाँ गीत रेकर्ड गराइदिने वा तीन महिना नि:शुल्क संगीत कक्षाको व्यवस्था रहेको छ .