कविता : अमिलो बिहानी

अविरल भारद्वाज

213
अमिलो बिहानी
-अविरल भारद्वाज 
घाम जून उभिएकै छन् नभमा
पृथ्वी रिङ्गिरहेकै छ

 

हेर्दै जानू
सुन्दै जानू
देख्दै जानू
नसके आँखा छोप्नू
भित्र भित्रै रुनू मौन
भित्रै बस्नू चार दिवार भित्र
पार्कमा अक्सिजन पिउन एक्लै पनि नहिँड्नु

 

देशमा सैनिक शासन आउन सक्छ
भाइ भाइ नलड्नू
देशको सिमाना सुरक्षित राख्नू
देशै खनेर नभत्काउनू आफ्नै अस्मिता
फिरिङ्गिलाई देश नबेच्नू!

 

घाम जून तारा उभिएकै छन् नभमा
पृथ्वी रिङ्गिरहेकै छ
यो युग पनि ओइलाएर जाँदैछ कि लाग्छ
हरेश नखानू