राजदुत बन्न स्नातक नचाहिने

33

विगतमा मन्त्री भइसकेका उम्मेदवारको नियुक्ति हकमा स्नातक तहको अध्ययन नचाहिने भन्दै मन्त्री परिषदले निर्देशिका संशोधन गरेको छ ।

राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ अनुसार राजनीतिक नियुक्ति पाएर राजदूत हुने व्यक्तिको कम्तीमा स्नातक तहको शिक्षा हुनुपर्ने र सम्बद्ध मुलुकका विषयमा भाषासहितका विषयमा जानकार हुनुपर्ने प्रावधान तोकिएको थियो ।

राजदूतका लागि कूटनीतिक–राजनीतिक नियुक्तिमा ५०/५० प्रतिशत अनुपातको हिसाबमा सिफारिस गरिने प्रावधान छ । यधपी गत वैशाख २५ गतेको मन्त्रिपरिषद्ले गरेको संशोधन निर्णय यसमा पनि मौन छ  । गत महिना सिफारिस गरिएका ११ राजदूतमा ९ जना राजनीतिक कोटामा परेका छन् । यिनको सिफारिसको म्याद असार ९ मा पूरा भएपछि संसदीय सुनुवाइ नभईकन नियुक्ति प्रक्रिया थालिनेछ ।

 

Facebook Comments Box