ईश्वर पोखरेलले गरे ‘ सम्पति सार्वजनिक ‘ : गोकर्ण रिसोर्ट, यति , ओमनी , वीर अस्पताल भ्रष्टाचार जस्ता काण्डहरूमा भने मौन

227

गोकर्ण रिसोर्ट, यति काण्ड, ओमानी काण्ड, वीर अस्पताल भ्रष्टाचार काण्डमा मुछिएका पूर्व उपप्रधानमन्त्री तथा रक्षा मन्त्री , पछि विनाविभागीय मन्त्री ईश्वर पोखरेलले सम्पति सार्वजनिक र धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।

उनले प्रष्ट पार्दै , ‘ यसबीच सरकारमा रहेकाबेला मबाट र मेरो नेतृत्वमा भएका सबै कामहरू सम्वन्धित ठाउँमा औपचारिक अभिलेखहरूमा सुरक्षित रहेका छन् । तिनले आजमात्र नभएर आवश्यक पर्दा पछि पछिसम्म पनि सबैलाई यथार्थ बताइरहने कुरामा मैले विश्वास लिएको छु ।” लेखेका छन् ।

सम्पति विवरण पेश गर्दै उनले लेखे , ‘ यसबीच मैले कोभिड संक्रमितहरूको उपचारका लागि सरकारको औपचारिक निर्णय अनुसार सात महिनाको पारिश्रमिक ४,५६, ४००।- कोभिड कोषमा बुझाएको छु । सुविधा प्राप्त गरेवापत राज्यलाई बुझाउनु पर्ने सबै किसिमका दायित्वहरू पुरा गरेको छु । मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्वन्धित ठाउँमा आइतवार (२३ गते जेठमा) बुझाइसकेको छु । यस अवधिमा मैले मेरो प्रिय पार्टीको कोषमा ६,०५,०००।- बुझाएको छु । पुल्चोकस्थित मन्त्री क्वार्टर २२ गते शनिवार नै खाली गरिसकेको छु । ”

गोकर्ण रिसोर्ट, यति काण्ड, ओमनी काण्ड, वीर अस्पताल भ्रष्टाचार काण्डका वारेमा भने उनी मौन छन् ।

 

Facebook Comments Box