चौतारा साँगाचोकगढी नगरपालिकाले तत्काल ३० हजार नगरबासीलाई खोप लगाउने

चौतारा साँगाचोकगढी नगरपालिकाले ३० हजार नगरबासीलाई खोप लगाउने भएको छ ।

मुलुक कोभिड–१९ को दोस्रो लहरबाट दिनप्रतिदिन ग्रस्त भइरहेको अवस्थामा चौतारा साँगाचोकगढी नगरपालिकाकोले सो निर्णय गरेको हो । नगरपालिका भित्रका कुल एकाउन्न हजार जनसंख्या मध्यमा तत्काल तीस हजार जनसंख्याका लागि खोप लगाउन तयारी भइरहेको जनाएको छ ।

समुदायस्तरसम्म फैलिएको कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप दुइ डोज लगाउनका लागि ६० हजार डोज खोप आवश्यक रहेकोे बताएको छ । नगरबासीहरुलाई यस महामारीबाट जोगाउनको लागि खोप एक मात्र उत्तम विकल्प रहेको भन्दै सम्भव भएसम्म संघिय सरकारबाट माग गर्ने र सम्भव नभए नगरपालिका आफैले कोभिड–१९ को खोप खरिद गरी नागरिकहरुलाई खोप प्रदान गर्ने बताएको छ । जसका लागि नगरपालिकाले कोभिड–१९ को खोप वा सो खोप खरिदको लागि अनुमति माग गरेको छ ।