थपियो पाँचखाल नगरपालिकामा सिल समय अवधि

8

काभ्रे (पाँचखाल) – जिल्लाको पाँचखाल नगरपालिकामा सिल समय अवधि थपिएको छ । नगरपालिकाले थप सात दिन सिल गर्ने निर्णय गरेको छ । पाँचखाल नगरपालिका कोभिड–१९ निर्देशक समितिको जेठ २१ गते बसेको बैठकले थप सात दिन नगरपालिका सिल गर्ने निर्णय गरेको नगरपालिकाले विज्ञप्तीमा जनाएको छ ।

कोभिड–१९ को संक्रमणको दोस्रो लहर नगरपालिका भित्र पनि गीब्र रुपमा समुदाय स्तरमा नै फैलिएको, संक्रमितको संख्या  बढिरहेकाले संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि यस्तो निर्णय गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

उक्त अवधिभर एक वडा बाट अर्को वडामा समेत जान नपाउने निर्णय भएको छ । दुधजन्य, तरकारी तथा खेतवारीमा काम गर्ने कृषकहरुलाई सुरक्षा मापदण्डमा रहेर गर्ने, दुध विहान ६ बजे दोि ७ बजे सम्ममा संकलन तथा विक्रि वितरण भइसक्नुपर्ने उल्नेख छ । नगरपालिकाले खाना, खाजा, मदीराजन्य पसलहरु खोल्न नपाउने, होटल खेलेर तास खेल्ने खेलाउने गरेमा ५० हजार सम्म जरिवाना गर्ने समेत निर्णय भएको छ ।

त्यस्तै नगरपालिकाले स्वास्थ्य संस्था बाहेक नगरपालिकाको कार्यालय, वडा कार्यालय, व्यापार व्यवसाय थप सात दिन बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईले जानकारी दिए ।

Facebook Comments Box