काभ्रेमा आज थप ७२ जनालाई संक्रमण, उपचार पछि ३८६ जना डिस्चार्ज

२०७८ जेष्ठ २२, शनिबार १८:३३

काभ्रेका कोरोना संक्रमित मध्ये उपचार पछि निको भएर ३८६ जना डिस्चार्ज भएका छन् । यो सहित जिल्लामा हाल सम्म ७ हजार ५ सय ३२ जना संक्रमण मुक्त भईसकेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । यस्तै जिल्लामा थप ७२ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

पिसिआर परिक्षणबाट बनेपाका ८ महिला ६ पुरुष, पाँचखालका १ महिला १ पुरुष, धुलिखेलका ६ महिला ८ पुरुष, पनौतीका ३ महिला २ पुरुष, नमोबुद्धका ३ महिला १ पुरुष, मण्डनदेउपुरका १ महिला २ पुरुष, बेथानचोकका १ महिला, चौंरीदेउरालीका १ पुरुष, रोशीका १ महिला र तेमालका  १ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टीजेन परिक्षणबाट बनेपाका ४ महिला, पाँचखालका ११ महिला ७ पुरुष, चौंरीदेउरालीका १ पुरुष, रोशीका २ पुरुष र भुम्लुका १ पुरुषमा संक्रमण देखिएको हो ।यो संगै जिल्लामा ९ हजार ५ सय ३९ जनालाई संक्रमण भईसकेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ६९ जना पुगको कार्यालयले जनाएको छ ।

हाल १७६० जना होम आइसोलेसनमा र १०९ जना अस्पताल आइसोलेसनमा छन् । आज भने जिल्लामा भाईरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

106 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal