अतीन्द्रीय शक्तिको रहस्य मानसिक शक्ति यसरी हासिल गर्ने
सबै प्रकारको परा सामान्य घटनालाई वैज्ञानिक विधिद्वारा अध्ययन गर्ने विज्ञान अपरा-मनोविज्ञान भनिन्छ । सबैभन्दा पहिले १८८२ मा विलिमय बरटले परा-मनेविज्ञानको व्यवस्थित रूपबाट गम्भीर खोजको पनि सुरुआत गरे । सामान्य घटनाको भारतीय योगमा पनि महत्वपूर्ण स्थान छ ।
हृदय र मस्तिष्कको आपसी क्रिया कलापम्ााथि आज धेरै खोजी भइरहेको छ । मस्तिष्कमा विद्युत् धाराको पत्ता १९२८ मा भौतिकविद हैंस वर्गरले लगाएको थिए । उनले देखे मस्तिष्क या विद्युत् धाराको तरङ्ग लयबद्ध गतिबाट उठिरहेको हुन्छ । अल्फा तरङ्ग अतीन्द्रीय ब्यवहारको कारणले हुन्छ भनी अन्वेषणबाट यो तथ्य अगाडि आयो यी तरङ्ग चिन्तन-मननको बेला धेरै गतिशील हुन्छ तर जब चिन्तन-मनन शान्त हुन्छ, यो पनि शान्त भएर जान्छ र त्यसबेलामा मनको अन्य शक्तिको सिर्जना हुने सम्भावना हुन्छ ।
वैज्ञानिकहरूले यस्ता ब्रहृमाण्डीय अति पारमाणविक सूक्ष्म कणको खोज गरेका छन् । जसमा घनत्व, भार, विस्फोटन, चुम्बकीय क्षेत्र आदि भौतिक लक्षण छैन । वैज्ञानिकहरूले यसलाई न्युत्रिनी नाम दिएको छ । यो लाखौंको सङ्ख्यामा हाम्रो शरीरको भित्र-बाहिर प्रकाशको गतिबाट सम्पूर्ण पृथ्वीमा घुमिरहेको छ । अ-भौतिक भएको कारण भौतिक कण त्यसलाई रोक्न पाउँदैन् (सक्दैन) । कहिलेकाहीं संयोगवश जुध्छन । यस्ता जुधेको (ठक्कर) क्षण (अवस्था) मा वैज्ञानिकहरूले त्यसलाई देख्न पाएका छन् । यसै आधारमा प्रतिभाशाली गणितशास्त्री समान साइत्रोन कणको कल्पना गरिएको छ । यो नै मस्तिष्कको न्युरोनसँग जोडी परा-चेतनाको मार्ग पूरा गर्छन् ।
भौतिक शास्त्री मार्टिन रदरफोर्डले भने, “मनुष्यको नाडी व्यवस्थामा न्युटोन कणको महासागर प्रभाव राख्दछ । प्रसिद्ध अन्तरिक्ष वैज्ञानिक एवसेल फरसेफीले भनेका छन्, अतीन्द्रीय संवेदन न्युटोनको जस्तै व्यापक मानसिक चेतनाबाट सम्पन्न “माइनइरोन” नामक कणद्वारा हुन्छ । यी कणद्वारा हामीहरूको उप-चेतन हृदय ब्रहृमाण्डीय चेतनासँग जोडिन्छन् र सर्वज्ञ बन्दछ ।
मनको पदार्थमाथि प्रभाव
मनको पदार्थमा प्रभावको धेरै उदाहरण हामीलाई पाश्चात्य र भारतीय चिन्तनमा देख्न पाइन्छ । यसलाई साइको-काइनेसिस भनिन्छ । कान्टस शास्त्रको परिपूरकता सिद्धान्तको मन र पदार्थको पृथक अस्तित्व र त्यसको सम्बन्धलाई सिद्ध गरिदिएको छ । नोवेल पुरस्कार विजेता न्युजोन विगनरको अनुसार सही सिद्धान्त यो हो कि समस्त सक्रिय पदार्थ जुन चेतनालाई प्रभावित गर्छ, त्यसबाट त्यो पनि प्रभावित हुन्छ ।
अतीन्द्रीय शक्तिको चमत्कार
तत्कालीन सोभियत सङ्घको नीना कुलगीनाले प्रसिद्ध रुसी वैज्ञानिक डा. गेनाडी सर्जिवेव र डा. सर्जी सेरिसेवको उपस्थितिमा लेनिनग्राद विश्वविद्यालयको चिकित्सा केन्द्रको प्रयोगशालामा १० मार्च, १९७० मा अपरेसन टेबुलमा भ्यागुतोलाई चिरी निकालिएको मुटुको गतिलाई आप\mनो आदेश अनुसार तीव्र, बिस्तारै र एकदमै बन्द गरिदियो । फेरि त्यसलाई चलाइदिए । अमेरिका, रुसका वैज्ञानिकहरू यी शक्तिको उपयोग अन्तरिक्ष क्षेत्रमा गरिरहेका छन् । उनीहरूसमक्ष यो प्रश्न छ कि, के अतीन्द्रीय शक्ति अन्तरिक्ष यानबाट सम्पर्क गर्ने र त्यसलाई नियन्त्रित गर्नमा सफल हुन सक्छ ?
मनको शक्ति
यस प्रकारको शक्तिको उल्लेख बौद्ध, जैन, योग आदि दर्शनमा धेरै उपलब्ध छ । यी सबै बिशेष प्रकारको शक्ति हुन्छ । वेदमा स्पर्श चिकित्सा, जैन ग्रन्थमा मनको शक्तिबाट (स्वाइलाज) उपचार इत्यादि कुराको उल्लेख छ ।
मानसिक शक्ति प्राप्तिको उपाय
हाम्रो मनमा सधैं विचारको यान्त्रिक प्रभाव चलिरहन्छ र यो नै प्रमुख कारण हो हाम्रो मनको दुर्बलताको किनकि यसले हामीहरूको सबै शक्तिलाई ह्रास गरिदिन्छ । मानिस सधैं भूतकाल अथवा भविष्यकालमा बस्छ । ध्यानका विभिन्न क्रिया जस्तै – त्राटक, विपाश्यना, योग, प्राणयाम, प्रेक्ष्या इत्यादिबाट मनलाई एकाग्र गरी यी साधना एवं शक्तिलाई प्राप्त गर्न सकिन्छ । केही ध्यान का विधि ः-
१. पद्मासनमा बसी अगाडि एक फिटको दूरीमा एउटा मैनबत्ती बाल्ने । ढाड सीधा होस् र एकाग्र भावबाट (मनले) लगातार १५ मिनेटसम्म त्यस मैनबत्तीलाई हेरिरहने । १५ मिनेटपछि यो क्रिया छोड्ने र फेरि अर्को दिन गर्ने ।
२. पद्मासनमा बसी मुखको दुबै दाँतको बीच एक इन्चको दूरी राख्ने र जिभ्रोको अगाडिको भाग अलि माथि पट्टि (तिर) राख्ने र आँखाको पुतलीलाई सहजभावले स्थिर राख्ने । यो क्रिया १० मिनेटसम्म गर्नुपर्छ ।
३. पद्मासनमा बसी १० मिनेटसम्म धेरै लामो र भित्री सास लिने र छोड्ने । ध्यान रहोस्, एउटा पनि सास बिनाध्यानको भित्र नआओस् । पूरा जागेको अवस्थामा सास लिने, फेरि छाड्ने ।
माथि लेखिएका क्रियालाई गर्ने समयमा शरीरमा कपडा हल्का र खुकुलो हुनुपर्दछ, साथै लगातार प्रतिदिन गर्नुपर्दछ । यदि निश्चित समय एवं ठाउँ छ भने अझ राम्रोे हुन्छ । ध्यानको कुनै एउटै विधि अपनाउने र यस प्रकार गर्दै गएमा तीन महिना भित्र नै तपाईंलाई (आफैं) त्यसै ज्ञान हुनेछ कि तपाईंको मन शान्त हुँदै गइरहेको छ । यस प्रकार तपाइर्ंले मानसिक तनाव, दुर्वलता, स्मरण-शक्ति कमजोर एवं चिन्ता आदिबाट छुटकारा पाई चाहे मोक्ष प्राप्त नहोस्, बुद्धत्व प्राप्त नहोस् । अलिकति सुखी जीवन भने अवश्य बाँच्न सकिन्छ ।
अतीन्द्रीय ज्ञानमा आधारित अनुभवलाई मुख्यतयाः चार प्रकारमा विभाजित गरिएका छन् ।
- विचार संप्रेषण,
- दूर-दृष्टि,
- पूर्वाभास,
- भूताभास
बिचार संप्रेषण (टेली पेथी) कुनै पनि प्रकारका भावको एउटा मनबाट अर्को मनसम्म इन्द्रीयको ज्ञात माध्यमबाट निरपेक्ष अनुभव टेली पेथी हो । केही दिन पहिला रुसमा यस सम्बन्धमा धेरै टाढासम्म बिचारको संप्रेषण गरिए, उनी मस्कोमा बसे र एक हजार माइल टाढा अर्को मानिसलाई बिचारको संप्रेषण गरे ।
बिचार संप्रेषणको सम्बन्ध भारतीय चिन्तन परा मनोविज्ञानको मान्यताभन्दा भिन्न छ । पातञ्जली योगको विभूतिवादमा परिचित ज्ञानको स्पष्ट उल्लेख छ । यहाँ स्वचित्र ज्ञानको पनि उल्लेख गरिएको छ । परिचित ज्ञानका लागि अर्को व्यक्तिको चित्तवृत्तिमा संयम गर्ने निर्देश छ । संयमको अर्थ पनि महìवपूर्ण छ । संयम अर्थात् धारणा, ध्यान र समाधि तीनै एउटै विषयलाई सिद्ध गर्नका लागि मिल्दछ भने “संयम” भनी भनिन्छ । बौद्ध दर्शनमा चेतोपर्य ज्ञान (परचित बोध) लाई मानिएको छ । जुन एकाग्र मनद्वारा नै सम्भव छ । जैन दर्शनको मन पर्य विज्ञानलाई ऐलोपेथीको समकक्ष केही अन्तरबाट राख्न सकिन्छ र त्यो अन्तर (भिन्न) यो हो कि, थाहा पाउने आत्मा हो, मन हैन ।
यसप्रकार यदि हामी संकल्पपूर्वक एउटै दिशामा आफ्नो चित्तलाई केन्दि्रत गरी कुनै विचारलाई तिव्रताबाट संप्रेषित गर्यो भने, त्यस दिशामा पुगिन्छ । तपाईंले एउटा सानो प्रयोग गर्नुभयो भने तपाईंको नोटिसमा आउँछ । एउटा गिलास पानी भरी राख्ने र ग्ािलसरिन अथवा कुनै पनि चिल्लो पदार्थ त्यस गिलासको पानीमा अलिकति राख्ने, ताकि त्यसको एउटा पातलो हल्का तह पानीको गिलासमाथि फैलियोस् । एउटा सानो आलपिन त्यस तहमा राख्ने र छोडिदिने । फेरि कोठालाई सबै तिरबाट बन्द गरी दुबै हात भूईंमा टेकेर आँखा त्यस सानो आलपिनमा हेर्ने । पाँच मिनेट चुपचाप हेरिरहने । फेरि त्यस आलपिनलाई आदेश दिने कि बाँया घुम अनि आलपिन बाँया घुम्छ, फेरि गर्ने दायाँ घुमभन्दा दायाँ घुम्छ । रोकभन्दा रोक्छ ।
दूर – दृष्टि ः (क्लेयर वायेन्स) परा-मनोवैज्ञानिकमा क्लेयर वायेन्सलाई भौतिक पदार्थ अथवा घटनाको अतीन्द्रीय जानकारीको अर्थमा लिएको छ । कुनै व्यक्तिको मानसिक अवस्था अथवा बिचारबाट अलावा कुनै बस्तु अथवा बस्तुपरक घटनाको इन्द्रीय निरपेक्ष बोधलाई दूर-दृष्टि भनिन्छ ।
“म्यान द अननोन्” मा भनिएका छन् भविष्य दर्शन र टेलीपेथी वैज्ञानिक पर्यवेक्षणको मूल आधार हो । सन् १९६० को लगभग चेकोस्लोभाकियाको भौतिक एवं जीव रसायन शास्त्री एवं परा-मनोबैज्ञानिक डा. मिलान रिज्लले केही व्यक्तिलाई सम्मोहित गरी उनीहरूमा अतीन्द्रीय क्षमतालाई विकसित गर्ने प्रयोग गरे । आठौं दशकमा अमेरिकन रिसर्च इन्स्िटच्युटमा डा. रार्ग र डा. हेराल्जले अत्याधुनिक वैज्ञानिक उपकरणबाट युगौं महìवपूर्ण प्रयोग गरेका छन् । उनीहरू भने ः हामीले आफ्नो प्रयोगबाट यस कठिन सत्यलाई पाएको छ कि, कुनै पनि व्यक्ति अतीन्द्रीय दर्शनलाई अनुभव गर्न सक्छ ।
योग शास्त्रमा चित्तको स्थिरताका लागि विषय-बस्तु, प्रकृतिको वर्णन भएको (गरिएको) छ । अर्थात् संयमको बलबाट विषय र शब्दको चित्तवृत्ति सिद्ध हुन्छ । तब चित्तको स्थिरता सम्पादित (सम्पन्न) हुन्छ । संयमको प्राप्त साधक नै भूत-भविष्यको अनुभव गर्न सक्छ । नासिकाको अग्रभागमा संयम गर्नाले दिव्य गन्धको जीब्रोमा संयम गर्नाले दिव्य रसको, तालुमा संयम गर्नाले दिव्य रूपको, जीब्रोबीचमा संयम गर्नाले दिव्य स्पर्शको एवं जीब्रोको अग्रभागमा संयम गर्नाले दिव्य शब्दको ज्ञान हुन्छ । पूर्वाभास एवं भूताभास (प्री-काङ्ग्निसन एवं रेट्रो – काङ्ग्निसन) कुनै घटना हुनुभन्दा अगाडि ज्ञान प्राप्ति, कुनै कार्य हुनु अगाडि अनुभूतिलाई पूर्वाभास भनिन्छ । कुनै अर्को अञ्जान व्यक्तिको अतीतका घटनालाई थाहा पाउनु भूताभास हो ।
पूर्वाभास र भूताभासको अनुभव विज्ञानका लागि विकट चुनौती प्रस्तुत गरिरहेका छन् । जब कुनै घटनाको कारण नै उत्पन्न भएको छैन र उसको भविष्यमा “परिभाषा” को ज्ञान कसरी हुन जान्छ । यसै प्रकार कुनै अर्कोको निजी घटना र अनुभवको ज्ञान कसरी हुन जान्छ ।
विश्वभरिमा अनेकौं संस्था र व्यक्ति परा-मनोविज्ञानको अन्वेषण कार्यमा लागेका छन् । प्राप्त सूचनाको अनुसार अमेरिकामा करिब १२० विश्वविद्यालय खोज संस्था र महाविद्यालयमा परामनोविज्ञानसम्बन्धी विविध विषयमा खोज तथा अध्ययन कार्य भइरहेका छन् ।