को बन्ला अबको गृहमन्त्री ?

२०७८ जेष्ठ २१, शुक्रबार १७:४५

प्रधानमन्त्री केपी ओली र समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबीच सरकारमा जाने कुरा मन्त्रालयको बाँडफाडमा रोकिए पनि समाजवादी पार्टीबाट सरकारको को को जाने भन्ने लगभग तय नै छ ।

जसपाबाट राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, सरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण,  सर्बेन्दनाथ शुक्ला, उमासकर अरगरिया, बिमल श्रीवास्तव, चन्दा चौधरी, एकबाल मियाँ र प्रमोद साहलगायत नेता लगभग निश्चित छ । अब गृहमन्त्री को बन्ला भन्ने जिज्ञासा आम जनतामा खुल्दुलीको विषय भएको छ ।

चुनावी सरकार भएकोले अबको सरकारमा गृहमन्त्रीको विशेष भूमिका रहने निश्चित छ, त्यसैले केही नेताहरू गृहमन्त्री बन्ने अधिक प्रयासमा छन् ।एमालेका नेताहरू महेश बस्नेत,ईश्वर पोखरेल र प्रदीप ज्ञवाली पनि गृहमन्त्री बन्न इच्छुक रहेका बुझिएको छ भने उता जसपा बाट पनि गृहमन्त्री को लागि दाबी गरिरहेका छन् ।यता प्रधानमन्त्रीको विश्वासको पात्र रहेका महेश बस्नेतले गृहमन्त्री पाहुने सम्भावना धेरै नै रहेको छ ।

केपी ओलीका निम्ति जेसुकै गर्न तयार रहेको बताउने नेता बस्नेत पछिल्लो समयमा प्रधानमन्त्रीसँग धेरै निकट बन्नुभएको छ । केपीका पक्षमा देशभर युवा परिचालन गरेर आफूले ठूलो योगदान दिएको हुनाले गृहमन्त्रीको जिम्मेवारी आफैलाई प्राप्त हुने विश्वास बस्नेत स्वयममा भएको बताइन्छ ।

उता जसपा नेताहरू शरतसिंह भण्डारी, राजकिशोर यादव र राजेन्द्र महतो पनि गृहमन्त्री बन्ने प्रयासमा भएको बुझिन्छ । तर चुनावी सरकार भएकोले गृहमन्त्रालय आफ्नो विश्वासप्राप्त बाहेक अरूलाई सुम्पन प्रधानमन्त्री तयार हुने विश्वास गरिएको छैन । महेशलाई कदाचित गृह नदिइएमा कसलाई उक्त जिम्मेवारी मिल्न सक्ला भन्ने अहिले नै यकिन गर्न सकिएको छैन ।

227 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal