समाजवादी पार्टीबाट सरकारमा को को जाँदै ?

32

प्रधानमन्त्री केपी ओली र समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबीच सरकारमा जाने कुरा मन्त्रालयको बाँडफाडमा रोकिए पनि समाजवादी पार्टीबाट सरकारको को को जाने भन्ने लगभग तय नै छ ।

जसपाबाट राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, सरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण,  सर्बेन्दनाथ शुक्ला, उमासकर अरगरिया, बिमल श्रीवास्तव, चन्दा चौधरी, एकबाल मियाँ र प्रमोद साहलगायत नेता लगभग निश्चित छ ।

समाजवादी पार्टीले आठ मन्त्री र दुई राज्यमन्त्री पठाउने तयारी गरेको छ । ओली सरकारलाई भरथेग गरेको ठाकुर – महतो पक्षले प्रभावशाली मन्त्रालयमा दाबी गरिरहेकोले वार्ता लम्बिएको बालुवाटार स्रोतको भनाई छ ।

Facebook Comments Box