आफ्ना ‘यार’लाई पोस्न सरकारले चुरे बेचेको गगन थापाको आरोप

२०७८ जेष्ठ १९, बुधबार १०:५०

सरकारकै नीतिगत भ्रष्टाचारस्वरूप र संरक्षणमा चुरे क्षेत्रमा भइरहेको अतिक्रमण र गिट्टी -बालुवा बेचविखनमा काँग्रेस नेता गगन थापाले सरकारको घटिया सोचको उपज बताएका छन् ।

उनले ट्वीत गर्दै लेखेका छन् , ” यो ‘नीतिगत भ्रष्टाचार हो’। आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ । चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो।यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ ।”

उनले लगतै अर्को ट्वीत पोस्ट गर्दै ” संसद नभएको बेला सरकारले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ ।”

101 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal