जनस्वास्थ्यसम्बन्धी अनाधिकृतरुपमा नबोल्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदलाई स्वास्थ्य मन्त्रालयले सचेत गरायो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यको विषयमा असम्बन्धित निकायलाई नबोल्न सचेत गराएको छ ।

मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले मंगलबार विज्ञप्ति जारी गरी जनस्वास्थ्यको विषयमा असम्बन्धित निकायलाई नबोल्न निर्देशन दिएका हुन् ।

असम्बन्धित निकायले बोल्दा जनमानसमा भ्रम पैदा भएको मन्त्रालयको ठहर छ।