प्रधानमन्त्रीज्यू , समस्या कालो कोटमा होइन, कालो सोचमा छ : श्वप्रकाश शर्मा

२०७८ जेष्ठ १८, मंगलवार ०९:०५

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशमाथि गरेको टिप्पणीको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जवाफ दिएका छन् । सोमबार युवा संघको कार्यक्रममा ओली कालो कोटधारी केही व्यक्तिले अदालतलाई कुन हैसियतमा पुर्‍याउँदैछन् भन्ने टिप्पणी गरेपछि शर्माले समस्या कालो कोटमाभन्दा कालो सोचमा रहेको जवाफ दिएका हुन् ।

संसद विघटनविरुद्धको मुद्दा न्यायिक निरुपणका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका छ । प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएकोमा ओलीले आपत्ति जनाएका छन् ।

शर्माले ट्वीटरमा लेखेका छन्, ‘कालो कोटमा होइन कालो सोचमा समस्या छ प्रधानमन्त्रीज्यू । व्यक्तिको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध शासकको भावनात्मक उत्तेजना सदैव निन्दनीय हुन्छ।’

114 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal