सर्लाहीमा निषेधाज्ञा लम्बियो

२०७८ जेष्ठ १७, सोमबार १७:०४

कोरोना संक्रमणको जोखिम पूर्ण नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा जेठ २५ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

जिल्लामा कोरोना संक्रमणको फैलावट बढ्दो क्रममा रहेको पुष्टि गर्दै डीसीसीएमसीले प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको समय थप गर्न सिफारिस गर्ने निर्णय गरेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा लम्ब्याएको हो । जस अनुसार निषेधाज्ञा थपेर जेठ २५ गते राति १२ बजेसम्म पुर्‍याइएको छ ।प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले सोमबार चौथोपटक समयावधि थप गरेर निषेधाज्ञा लम्बयाएका हुन् ।

 

257 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal