लुम्बिनीमा पनि ओलीलाई धक्का, काँग्रेसका पाण्डे विजयी

२०७८ जेष्ठ १७, सोमबार १६:४२

लुम्बिनी प्रदेशको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।

जम्मा २९७ मत खसेकोमा पाण्डेले प्रदेश सभातर्फ ४२ र स्थानीय तहतर्फ ११८ मत प्राप्त गरेका छन् भने खड्काले प्रदेश सभातर्फ ४० र स्थानीय तहतर्फ ९४  मत प्राप्त गरेका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएको छ ।

146 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal