नक्सा पास गर्ने संसद भारतलाई किन चाहिन्थ्यो र बिघटन नगरोस् ? रिस फेर्यो भारतले

२०७८ जेष्ठ १७, सोमबार १६:१६
राष्ट्रिय सङ्कट र बाँकी विकल्प:
-परशुराम कोइराला
संसदबाट अनुमोदन गराएकै चुच्चे नक्सा सर्वसम्मत पास गर्ने संसद भारतलाई किन चाहिन्थ्यो र बिघटन नगरोस् ? रिस फेर्यो भारतले । चिनियाहरू आएर नेपाल सरकारलाई प्रशिक्षण गरेका कुरा कसरी सहोस अमेरिकाले ? ओली मार्फत् एमसिसि लागू गर्न सजिलो हुने भएर अमेरिकीहरूका आशिर्वाद प्राप्त भयो र संविधान मृतप्राय भैसके पनि उनकै नेतृत्वमा सरकार छ । कानुनी र संबैधानिक रुपमा पनि नेपाल अब पूरै पराधीन भैसक्यो । देश रहने कि नरहने अवस्थामा पुगिसक्यो ।
भारतबाट कम्तीमा पनि भुटानीकरण त हुने नै भयो । त्यसमाथि चीनविरुद्ध मोर्चाबन्दी गर्ने बिश्व केन्द्रका रूपमा नेपालमा उभिएर गतिविधि गर्न पनि अमेरिकी सेना आएर नेपालमा शासन गर्छ अब । देशभक्तहरू नमिल्दा र एकीकृत शक्ति निर्माण नगर्दा देश जोगिन सक्ने सम्भावना अब देखिन्न । भारत र अमेरिकाका घेराबाट नेपालले मुक्ति पाउनका लागि अब के गर्ने ? –
१.सर्वप्रथम सबै नेपाली बीच भावनात्मक एकता कायम हुने गरि जनगणतन्त्रात्मक दिशातर्फ जान र तदनुरुपका संविधान निर्माण अभियानमा सम्पूर्ण देशभक्त शक्ति , समूह, नेपालीहरू तयार हुनुपर्छ ।
२. यो राष्ट्रिय सङ्कटका चुनौतीका घडीमा समाधान र निकास को लागि बृहत राष्ट्रिय एकता सहितको छलफल आवश्यक छ ।
३. ज्वावहारलाल नेहरू र इन्दिरा गान्धीका नेपाललाई भारतमा विलय गर्ने नेपालवारेका दीर्घकालीन नीति रणनीतिवारे सबै नेपालीले अध्ययन मनन गर्न जरुरी छ । सत्तामा भारतीय हस्तक्षेपका प्रत्यक्ष अनुभव भोगेका २००७ देखि अहिलेसम्मकै सम्पूर्ण अनुभवहरु लुकाउने, सबै सरकारप्रमुख,,मन्त्री ,सांसद, कर्मचारीतन्त्र र जिम्मेवार निकायका पात्रहरुले पनि जनतासामु आफ्ना वास्तविकता सार्वजनिक गर्नुपर्छ र जनतामा राष्ट्रियताका भाव विकास गराउनुपर्छ ।
४.ओली निमित्त मात्रै हुन् । पटकपटक फँसिसकेका र भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादका चङ्गुलबाट मुक्त हुन नसक्ने ओली उनी एक्लैलेे मात्रै पनि देश बचाउन सक्दैनन् अब । सबै दलहरू दलीय स्वार्थभन्दा माथि उठेर समग्र राष्ट्रिय हितमा साझा सहमति बिन्दु बनाएर मोर्चाबन्दी गरि लडन विलम्ब गर्नु हुँदैन । सबैले बिगत गल्तीबाट पाठ सिक्नुपर्छ ।
५. देश रहे नै बाँकी अरु रहन्छ । देश जोगाउनेभन्दा अर्को विकल्पहरु पनि छैनन् अब । स्वाभीमानसाथ बाँचौ र देशलाई पनि बचाओैं ।
सम्पूर्ण राष्ट्रवादी तथा जनगणतन्त्रवादी/ बैज्ञानिक समाजवादीहरूका बृहत्तर एकता जिन्दावाद ।
130 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal