कोरोनाको नक्कली औषधि बेचेको आरोपमा ३५० जना पक्राउ

20

१७ जेठ, काठमाडौं । कोरोना महामारीको फाईदा उठाउदै कोरोना संक्रमणबाट बिरामी परेकाहरुलाई नक्कली औषधि बिक्री गरेको आरोपमा भारतमा ३ सय ५० जनाभन्दा धेरै पक्राउ परेका छन् । भारतमा कोरोनाको दोस्रो लहर आएपछि अवस्था त्रासमय बनेको थियो । भारतीय प्रहरीले राजधानी नयाँदिल्लीबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएको छ ।

भारतीय एक प्रहरीका एक वरिष्ठ अधिकारी प्रेम नाथले ती व्यक्तिहरुले सामाजिक सन्जाललाई प्रयोग गरेर कोभिड बिरामीलाई नक्कली औषधि र स्वास्थ्य सामग्रीहरु बेचेको पाइएको कुरा जनाएका छन् । उनले यस्तो ठगीलाई तल्लोस्तरको मानवताविरोधी अपराध भनेका छन् ।

कोरोना संक्रमणको दोस्रो लहरले भारत विश्वमै धेरै प्रभावित देशमध्ये एक हो । भारतमा बितेको चौबिस घण्टामा मात्रै कोरोना भाइरसका एक लाख ६५ हजार नयाँ संक्रमित भेटिएको ३ हजार ४६० जनाको ज्यान गएको तथ्यांक छ ।

Facebook Comments Box