अक्सिजनको अभावले कसैको मृत्यु भएको छैन : रामशरण बस्नेत

81

अक्सिजन अभावले दिन प्रतिदिन कैयौको मृत्यु भएको खबर आइरहेको हुन्छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको एकै दिन मृत्यु भएको घटनालाई सत्तारुढ नेकपा एमालेले भने ढाकछोप गर्न खोजेको छ । कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मीले नै अक्सिजन अभाव भएको स्वीकारिरहँदा सरकारका प्रवक्ता रामशरण बस्नेतले भने सदनमा अक्सिजनको अभावले कसैको मृत्यु नभएको दाबी गरे ।

मुख्यमन्त्रीको तर्फबाट जवाफ दिएका भौतिक तथा पूर्वाधार विकासमन्त्री बस्नेतले भने, ‘अक्सिजन थियो, छ । त्यहाँ अहिले गएर हेरौं । मिथ्या बोलेर जनता सडकमा आए भने घटना घट्नसक्छ, त्यसको जिम्मेवार कसले लिने ?’ घटनाबारे छानबिन भइरहेको भन्दै उनले भने संक्रमितको मृत्युको कारण अक्सिजन नभएको निष्कर्षमा आफूहरु पुगेको बताए । उनले सत्य कुरा बाहिर नआई सरकारले माफी माग्न आवश्यक नरहेकोसमेत अडान राखे ।

Facebook Comments Box