संसद् पुनर्स्थापना हुन्छ : पुरुषोत्तम भण्डारी

यसै हप्ता अवकाशप्राप्त न्यायाधीश पुरुषोत्तम भण्डारीले सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना हुन्छ भन्ने धारणा व्यक्त गरेका छन्।

प्राइम टेलिभिजनमा ऋषि धमलासँग कुरा गर्दै भण्डारी भन्छन्- संविधानको धारा ७६(४) बाध्यकारी व्यवस्था हो, त्यो प्रक्रिया पुरा भएन, त्यसैले सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना हुन्छ । उपधारा ५ दलीय होइन सांसदहरूको व्यक्तिगत अधिकार हो ।

यो अवस्थामा चुनाव पनि असम्भव भएको उनले बताए ।

न्यायाधीश पुरुषोत्तम भण्डारी यसै हप्ता अवकाश पाएका छन् ।उनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निकट रहेर काम गरेका थिए ।