बजेट लोकप्रियतावादी, वितरणमुखी, अत्यधिक ऋणभारयुक्त छ : रबिन्द्र मिश्र

२०७८ जेष्ठ १६, आईतवार १२:४६

रबिन्द्र मिश्रले आर्थिक वर्ष २०७८/७९ बजेट माथि आफ्नो असन्तुष्टि जनाएका छन् ।बजेट लोकप्रियतावादी, वितरणमुखी, ‘फोकस-हीन’, अत्यधिक ऋणभारयुक्त भएको उनको दाबी छ ।

भ्रष्टाचार न्यूनिकरण, सुशासन र सरकारी संयन्त्रको क्षमता अभिवृद्धीबिना अहिलेको बजेटले न त तोकिएका लक्षहरू हासिल गर्न सक्छ न त भ्रष्टाचाररहित ढङ्गबाट प्रभावकारीरूपमा त्यो खर्च हुन सक्छ र त्यसतर्फ कुनै चासो नदेखिएको कुरा उनले बताएका छन् ।

मिश्रले भ्रष्टाचार न्यूनिकरण र राज्यको क्षमता अभिवृद्धीबिना ऋणभार बढाउँदै लोकप्रियतावादी र वितरणमुखी भएर निर्माण गर्न खोजिएको कल्याणकारी राज्यले कालान्तरमा अर्थतन्त्रलाई धरासायी बनाउँने कुरामा पनि बताएका छन् ।

108 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal