रवीन्द्र अधिकारी विमानस्थल नामकरण अनावश्यक तनावको बिउ हो : योगेश भट्टराई

90

१६ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत सुकेटार विमानस्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल राख्ने घोषणा गरेको थियो ।

बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङ्ग छिरिङ्ग शेर्पा नामकरण गरिएको जानकारी दिएका थिए ।

नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति आफ्नो असन्तुष्टि सामाजिक सञ्जाल मार्फत जनाएका छन् ।

सुकेटार विमानस्थलबारे सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाव मात्र झेल्नु पर्दछ ।’

२०७५ साल फागुन १५ गते ताप्लेजुङको फुङलिङ नगरपालिका-१० सिस्नेभिरमा एयर डायनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको थियो । अधिकारीको मृत्यु भएको पाँच महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङका योगेश भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए ।

 

Facebook Comments Box