ल्यापटप किन्न सरकारले कर्जा दिने

२०७८ जेष्ठ १५, शनिबार १७:११

सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सोभन्दा माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यका लागि ल्यापटप किन्न सरकारले कर्जा दिने भएकाेछ।

आर्थिक वर्ष २०७८/७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले बजेटमार्फत एक थान ल्यापटप खरिद गर्न रु ८० हजारसम्म २ वर्षसम्मका लागि कर्जा दिने घोषणा गरेको हो ।  यस्ताे कर्जाकाे ब्याज एक प्रतिशतसम्म मात्र हुने अर्थमन्त्री पौडेलले बताए।

 

92 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal