दुर्गा थापाले घोषणा गरेको सहयोग उज्ज्वल थापाको परिवारद्वारा अस्विकार

14

उज्ज्वल थापाको उपचारार्थ दुर्गा थापाले घोषणा गरेको सहयोग उनका परिवारले अस्विकार गरेको छ । उज्ज्वल थापाको स्वास्थ्यस्थितिको बारेमा जानकारी दिँदै मिलन पाण्डेले यो कुराको जानकरी गराएका हुन् ।

उनले भने ”सहयोग संकलनको क्रममा उज्वल थापाको उपचार खर्च आफूले व्यहोर्ने भनी श्री दुर्गा प्रसाईंले भन्नुभएको भन्ने सञ्चार माध्यममा प्रकासन/प्रसारण भएको खबर हाम्रो जानकारीमा आएको छ । हाल उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ ।”

यस क्रममा हालसम्म गोफन्डमीमा खोलिएको खातामा अमेरिकी डलर २२,२९१ र नेपालमा बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको छ पनि जानकारी दिएँ ।

Facebook Comments Box