गजल: त्यो पर्दैन

२०७८ जेष्ठ १२, बुधबार १५:००
मलाई बाँच्न मन लाग्दा,नभन्नू है  त्यो पर्दैन,
मुटुले अक्सिजन माग्ला ,नभन्नू है त्यो पर्दैन

 

सुनाएका कुरा मैले,तिमीले सब मनन गर्नू
जमानाले खोजे वाचा, नभन्नू है त्यो पर्दैन,

 

समयले जिन्दगीभरका,सबै कर्तुत निकाल्नेछ
खोजेमा झिक्न त्यो बुर्का ,नभन्नू है त्यो पर्दैन,

 

कसम खुब खान्छ प्रेमीले र तारा जून झार्दो हो
देखे सम्मानको सपना नभन्नू है त्यो पर्दैन

 

बुझेनौ भावनालाई, बुझे जस्तो तिमी गर्छौ
गुनासाले भिजे आँखा ,नभन्नू है त्यो पर्दैन

 

174 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal