सूर्यको घाम फुल्ने याम

45

काभ्रे∕ साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कृति घाम फूल्ने याम कवितासङ्ग्रह हालै प्रकाशित भएको छ । करिब दुई दशकदेखि नेपाली भाष र साहित्यमा साधनारत कवि लाकोजूको यो कृति विधागत दृष्टिले पाँचौं हो ।

यस सङ्ग्रहका कवितामा वर्तमान नेपाली समाजको विविध यथार्थहरूलाई प्रस्तुत गरिएको छ । देशमा सहिदहरूको सङ्ख्या थपिए पनि व्यवस्थामा कुनै परिवर्तन नआएको, गरिवी र बेरोजगारीमा कमी नआएको, सरकार जनताको अभिभावक बन्न नसकेको, विकृति र विसङ्गति बढ्दै गएको र राम्रा र इमानदार मान्छेहरूलाई पाखा पारिएको जस्ता तीतो यथार्थको प्रकटीकरण भएको छ । प्रस्तुत सङ्ग्रहका कविताहरूमा सबैभन्दा बढी प्रयोग भएको सन्दर्भ प्रकृति हो । प्रकृतिको सौन्दर्य, रहस्यमयता, त्यसको शाश्वततालाई कविताका माध्यमबाट प्रस्तुत गरिएको छ । देशको राजनीति र त्यसमा देखिएको व्यथितिप्रति तिखो रोष छ कवितामा । मानवीय कमीकमजोरी, मानवीय सम्बन्धमा आउने उतारचढाव पनि कविताका विषय बनेका छन् ।

नेपाली वाङ्मयको क्षेत्रमा निरन्तर सेवारत कवि लाकोजूका घाम फुल्ने याम कवितासङ्ग्रहका अतिरिक्त भावनाका पूmलहरु (मुक्तकसङ्ग्रह), फूलहरुको मेला (मुक्तकसङ्ग्रह), स्पर्श (कवितासङ्ग्रह), मेरो मन मेरो मीत (कवितासङ्ग्रह), पनौती (अनुसन्धानमूलक), पनौतीको बाह्वर्षे मकरमेला(अनुसन्धानमूलक), स्मृतिका आलेखहरु, प्रेरणाको चौतारी (प्रेरकप्रङ्ग), गुराँस फुल्ने मन (हाइकुसङ्ग्रह), कोपिला (बालकवितासङ्ग्रह), केही काभ्रेली अक्षरकर्मीहरु—१, घामको चुम्वन (कवितासङ्ग्रह), अक्षरका स्वरहरु (हाइकुसङ्ग्रह), सुसेली (गीतसङ्ग्रह), यःमरी (परिचयात्मक बालपुस्तक), घाम उदायो (बालकविता सङ्ग्रह), शाश्वत स्वरहरू (मुक्तकसङग्रह), मेरो घाम (कवितासङ्ग्रह), फूलैफूल (बालकविता सङ्ग्रह), साथी (बालकविता सङ्ग्रह), मेरो सानो घर (बालकविता सङ्ग्रह), आसामको स्पर्श (नियात्रा), दिवाकरका चुम्वन (कवितासङ्ग्रह, हिन्दीमा अनुदित) र ब्तष्तजभभ (अंग्रेजी कथा) आदि प्रकाशित छन् भने दुई दर्जनकै सङ्ख्यामा विभिन्न स्मारिका, स्मृतिग्रन्थहरु, साहित्यिक कृतिहरूको सम्पादन पनि गरेका छन् । कवि लाकोजू विगत लामो समयदेखि साहित्यिक पत्रकारिता क्षेत्रमा समेत क्रियाशिल रहँदै आएका छन् ।

Facebook Comments Box