कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

17

काठमाडौँ — कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको निधन भएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीका अनुसार न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो ।

उनी केही दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा उपचाररत थिए । दुई साताअघि जिल्ला अदालतमा गरिएको परीक्षणमा न्यायाधीश श्रेष्ठको रिपोर्ट पोजिटिभ आएको थियो । श्रेष्ठलाई शुरुमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

मृतक श्रेष्ठको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । यसअघि कोरोनाका कारण न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको पनि निधन भएको थियो ।

Facebook Comments Box