महन्थ ठाकुरसहित जसपका १९ नेता भक्तपुर पुर्याउनुमा बस्नेतको संलग्नता

सत्ता परिवर्तनको चर्चा परिचर्चा भइरहँदा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर भक्तपुरको रिसोर्टमा छन् ।

सरकारकै निर्देशनमा उनीहरूलाई भक्तपुर बोलाइएको उनले बताएका छन् । बस्नेतले जसपाका १९ जना सांसदहरु भक्तपुरमा रहेको र उनीहरुलाई त्यहाँ बोलाउन आफूले भूमिका खेलेको बताए ।

बस्नेतका अनुसार जसपाका १९ जना सांसदहरु भक्तपुरमा छन् । थप ३ जना आउन लागेकोले २२ सांसद ठाकुरको पक्षमा रहने बस्नेतको दाबी छ ।